भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, असोज १८ । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


SHARE THIS