बाँकेमा उपचारका क्रममा रुकुमका कोरोना संक्रमित पुरुषको मृत्यु


बाँके, असोज ३० । रुकुम पश्चिमका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । 

चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगन्ज मेकिडल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


SHARE THIS