कोरोना संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु


विराटनगर, असोज १८ । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो । सिग्देलका अनुसार उनी मधुमेहका बिरामी थिए ।


SHARE THIS