कैलालीमा १ लाख ३५ हजारसहित ११ जुवाडे पक्राउ


कैलाली, असोज २१ । कैलालीमा १ लाख ३५ हजारसहित ११ जुवाडे पक्राउ परेका छन् । 

घोडाघोडी नगरपालिका १० आमखोया बस्ने टेक बहादुर मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय दिलिप कठायत समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले नगद १ लाख ३५ हजार ५ सय रुपैयाँ, २ गड्डी तास र १ थान मण्डी बरामद गरेको छ ।



SHARE THIS