बीपी प्रतिष्ठानमा कोरोना संक्रमित २८ वर्षीया महिलाको मृत्यु


काठमाडौं, असोज १७ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । डा। श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।

बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

आजै बिहान विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

 


SHARE THIS