मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण


झापा, असोज २९ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

 उनी अहिले घरकै आइसोलेसनमा बसेका छन् । यसअघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । 


SHARE THIS