दाङमा मोटरसाईकल चोरीको आरोपी ११ महिना पछि पक्राउ

 



दाङ,असोज १५ । मोटरसाईकल चोरीको आरोपीलाई प्रहरीले ११ महिना पछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं। १६ का अज्ञात पन्थीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ कात्तिक १९ गते १ महिना कैद र ३० हजार रुपैँया जरिमाना तोकेको थियो ।


अदालतको फैसला पछि फरार रहेका पन्थीलाई खोजतलास गर्ने क्रममा बिहीबार मध्यान्न १२ बजे घोराही उपमहानगरपालिका वडा नं। ३ सर्राबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायाव उपरीक्षक सुमित खड्काले जानकारी दिए । पक्राउ परेका पन्थीलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।


SHARE THIS