कोरोना नियन्त्रणका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न मन्त्रीहरुको सुझाव

काठमाडौं, असोज २६ । मन्त्रीहरुले कोरोना नियन्त्रणका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न सुझाव दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् । मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ थियो ।

आजको बैठकमा कात्तिक १ गतेबाट भिडभाड हुने सरकारी कार्यालय केही समयका लागि बन्द गर्नुपर्ने विषयमा पनि कुरा उठेको थियो । तर त्यसबारेमा पनि कुनै निर्णय नभएको ती मन्त्रीको भनाइ थियो ।


SHARE THIS