काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पछिल्लो राजनीतिक विवादबाट मुक्त भएको बताएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको स्रोतले जानकारी दियो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बाहिरका राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको बताएका थिए ।
उनका अनुसार प्रधानमन्त्रीले पुराना मन्त्रीहरुले नयाँ मन्त्रीहरुलाई सहयोग गर्न भनेका थिए ।