दंगीशरण गाउँपालिकाद्वारा किसानलाई हिउँदे वर्षिम घाँसको वीउ वितरण

 

दिप्तीशिखा चौधरी, दाङ, असोज २१ । दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरणका किसानहरु कृषि तर्फ आकर्षित हुने दिन आएको बताउँनु भएको छ । 

कृषि तथा पशु शाखाबाट पालिकाले कृषकहरुलाई कृषिमूखी विविध कार्यक्रम संचालन गरेको भन्दै कृषकहरु आत्मनिर्भर हुनका लागि अग्रसर हुनुपर्ने बताउँनुभयो । “घाँस उत्पादनमा बृद्धि गरी उत्पादन लागत घटाऔँ”भन्ने मूल नाराका साथ पशु शाखाले हिउँदे वर्षिम घासँको वीउ वितरण कार्यक्रममा उपाध्यक्ष खड्काले यस्तो बताउँनुभएको हो ।

साथै उपाध्यक्ष खड्काले उन्नत जातको वीउँ भएकाले पछि सम्म सुकाउर पनि प्रयोगमा ल्याउँन सकिने बताउँनु भयो । यसले गर्दा किसानहरुलाई पशुपालनमा सहजता हुने उहाँको भनाई थियो । आज मंगलबार उपाध्यक्ष खड्का र प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले किसानहरुलार्ए वीउँ हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

पशु शाखाले पालीकाका ७ वटै वडाका ब्यवसायीक रुपमा दर्ता गरेको फर्म, पशुपालन समूह र अन्य पशुपालक कृषकहरुलाई गरिरहेको शाखाले जनाएको छ । घासको विउ यहि असोज २२ गते सम्म वितरण गर्ने जनाएको छ ।


SHARE THIS