थापाको हत्यामा संलग्न दुई आरोपी पक्राउ

 

अछाम, कार्तिक १५ । अछामको ढकारी गाउँपालिका ७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका ७ का नरेन्द्र बुढा र नरबहादुर बुढा छन् । 

पक्राउ परेकाहरुले यही कार्तिक १० राति ढकारी गाउँपालिका ३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएको आरोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कार्तिक ११ गते बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही सुरु गरी जिल्ला अदालत पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 


SHARE THIS