पैसा र मोबाइलमा २८ दिनसम्म बाँच्न सक्छ कोरोना भाइरस

दाङ, असोज २७ । कोरोना भाइरस रुपैयाँ, फोनको स्क्रीन र स्टेनलेस स्टील जस्ता केही सतहहरुमा २८ दिनसम्म जीवित रहन सक्ने एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले सार्स–कोभिड–टु भाइरस केही सतहहरुमा अहिलेसम्म अनुमान गरिएभन्दा बढी समयसम्म जीवित रहन सक्ने जनाएको छ ।

यद्यपि, यो अनुसन्धान अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । जबकी हालैका दिनमा ‘अल्ट्राभ्वाइलेट लाइट’ को प्रयोगले कोरोना भाइरस नष्ट हुने पत्ता लागेको थियो । केही जानकारहरु सतहमा रहेको भाइरसबाट मानिस संक्रमित हुने वास्तविक खतरा कति हुन्छ भन्ने कुरामै सन्देह जनाइरहेका छन् ।अधिकांश केसमा कोरोना भाइरसको संक्रमण मानिसले खोक्दा, हाच्छ्याँ गर्दा वा कुरा गर्दा निस्कने थुकका स–साना कणबाट हुने गर्दछ ।



SHARE THIS