कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

 

काठमाडौं , कार्तिक १५ । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । 

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७  पुगेको छ । 


SHARE THIS