६ लाख २५ हजार रुपैयाँ लुटपाट

महोत्तरी, असोज  । महोत्तरीमा ६ लाख २५ हजार रुपैयाँ लुटपाट भएको छ । बर्दिबास नगरपालिका ८, करमटोकीस्थित सडकबाट ज।९प २५४६  नम्बरको मोटरसाइकलमा सवार दुईजना पुरुषको साथबाट नगद ६ लाख २५ हजार रुपैयाँ लुटपाट भएको हो ।

औरही तर्फबाट जाँदै गरेको हाल नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा सवार चारजना अपरिचित व्यक्तिहरुले ती पुरुषको साथबाट उक्त नगद लुटी फरार भएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।


SHARE THIS