पत्रकारमाथि प्रहरीबाट भएको दुब्र्यवहारले हामीलाई गम्भीर बनाएको छ : प्रेस युनियन दाङ

दाङ, असोज ३० । नेपाल प्रेस युनियन दाङले नेपाल प्रहरीबाट दाङका पत्रकारहरुमाथि केही समयदेखि दुव्र्यवहार भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विशेषगरी रातीको समयमा काम गर्ने, सूचना संकलन तथा सम्प्रेषणमा खट्ने पत्रकारमाथि प्रहरीबाट बारम्बार दुव्र्यवहारका घटना दोहो¥याइरहेको भन्दै युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर।के। शितलले आज एक विज्ञप्ति जारी गर्दै जनताको शुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीबाट कार्यक्षेत्रमा खटिएका पत्रकारको कुनै पनि बाहनामा मनोबल गिराउने कार्य, दुव्र्यवहार वा अन्य अभद्र कार्य सैह्य नहुने चेतावनी दिँदै त्यस्ता घटनामा संलग्नहरुलाई कारबाहीकालागि माग गर्नुभएको छ ।

केहि दिन पहिले प्रहरीबाट स्वर्गद्वारी एफएम र नागरिक दैनिकमा कार्यरत नेपाल प्रेस युनियन दाङका निवर्तमान जिल्ला सचिव देबेन्द्र बस्नेतलाई प्रहरी दुब्र्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । ‘राती १० बजेसम्म सञ्चालन हुने रेडियोको १० बजेको समाचार बुलेटिन सकेर गरेर एक सय मिटरको दुरीमा रहेको कोठामा जाँदै गर्दा गाडीमा गस्तीमा रहेको प्रहरीले गाडि भित्रैबाट अश्लील शब्द प्रयोग गरी गालि गलौच गर्नुका साथै पूनः सडकमा देखिए राम्रो नहुने धम्की दिएको छ’, विज्ञप्तिमा भनिएको छ( ‘सो स्थान भन्दा केहि अगाडी पुग्दा मोटरसाइकलमा सवार प्रहरिले पूनः रातीमा नहिड्न धम्कि दिएको छ ।’

यस्तै अगाडी विज्ञप्तिमा भनिएको छ( ‘बस्नेत मात्र नभई घोराहीबाट प्रकाशन हुने पत्रिका र सञ्चालन भैरहेका एफएम रेडियोमा कार्यरत पत्रकार तथा सञ्चारकर्मिहरु राती अबेर डिउटी सकेर घर फर्कने गरेका छन् । सूचना सम्प्रेषण कार्यमा संलग्नहरुलाई रातीमा सुरक्षा प्रदान गर्नुको साटो उल्टै प्रहरीबाट रातीमा नहिड्न बारम्बार धम्की आउनु र जिल्ला प्रहरी कार्यालयका जिम्मेवार अधिकारीलाई घटनाको बारेमा जानकारी गराँउदा पनि कुनै सुनुवाइ नहुनुले हामीलाई गम्भिर बनाएको छ । यस प्रकारका घटना पुनः नदोहोरीने बिश्वास गर्न सकिने वातावरण तयार पार्न जिल्लाको सुरक्षा निकायलाई हामी आग्रह गर्दछौं ।’


SHARE THIS