चितवनमा हराएको मोटर साईकल दाङमा फेला पर्यो


कमल ओली

दाङ, असोज २८ । चितवनमा हराएको  ना ६४ प ३४७० न. को एन एस पल्सर मोटर साईकल आज दाङ प्रहरीले घोराही उप महानगर पालिका वडा न. १६ मसिनामा व्यबारिसे अबस्थामा फेला पारेको छ । 

यही असोज २० गते खैरेनी नगर पालिका वडा न. १० चितवन बाट सो मोटर साईकल हराएको हो । मोटर साईकल धनि किशोर चौधरीका अनुसार यही असोज २० गते मोटर साईकल हराए पछी २१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा मोटर साईकल हराएको निवेदन पेस गरेको थिए । आज नौ दिन पछी भेटीएकोमा दाङ प्रहरीलाई मोटर साईकल धनि किशोर चौधरीले धन्यबाद दिएका छन् । मोटर साईकल चोरी गर्ने ब्यक्ती फरार रहेका छन् । 

उनीहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिएका छन् ।


SHARE THIS