नहरमा डुबेर बालक बेपत्ता

पोखरा, कार्तिक ३ । गण्डक नहरमा डुबेर आइतबार साँझ एक बालक बेपत्ता भएका छन् । विनयी(त्रिवेणी गाउँपालिका ७, ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन् ।

विनयीत्रिवेणी गाउँपालिका ७ का प्रेम मिश्रले नहरको नजिकै ना।१ह ४५७८ नम्बरको ईरिक्सा रोकेर पसलमा सामान किन्न गएको अवस्थामा उनका छोरा शिवम् मिश्रले ईरिक्सा स्टार्ट गर्दा अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।


SHARE THIS