त्रीशिदेश्वरी र सिद्धार्थ को बिजयी सुरुवात

  



लक्ष्मण बस्नेत 

असोज २३ दाङ । दाङको तुलसिपुरमा आज शुक्रबार देखि सुरु ईन्टर दाङ भ्याली टि २० क्रीकेट प्रतियोगिता २०७७ मा त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर र सिद्धार्थ एकाडेमी घोराहि ले बिजयी यात्रा सुरु गरेका छ्न् ।

हेल्पिङ सौल दाङको आयोजना मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा पब्लिक ज्ञान ज्योती एकाडेमि तुलसिपुर लाई ४ रन ले पराजित गर्दै त्रीशिदेश्वरी ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै गोरखा मा बि तुलसिपुर लाई १५ रनले पराजित गर्दै सिद्धार्थ एकाडेमी ले बिजयी यात्रा सुरु गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको त्रीशिदेश्वरी ले २० ओभर को समाप्तिमा आफ्ना ८ विकेटको क्षेतिमा ८२ रन बनाएको थियो । जसमा संकर बुढा ले सर्वाधिक ३० रनको योगदान दिए भने तिलक पौडेल १४ र अनिस आचार्य ले १३ रन जोडे । बलिङ तर्फ ज्ञान ज्योती एकाडेमी नबराज र दिवान पुन ले समान २,२ विकेट लिए ।

 ८३ रनको बिजयी लक्ष्य पच्छ्याएको एकाडेमी १९ दशमलव २ ओभर मा अलआउट भयो । जसमा दिवान पुनले १७ र समीर न्यौपाने १५ बाहेक अन्य ब्याट्सम्यान ले डबल फिगर बनाउन सकेनन् । बलिङमा त्रीशिदेश्वरि का करण सार्किले शानदार बलिङ गर्दै ह्याट्रिक गरे भने स्माईल अन्सारी ले महत्वपूर्ण ३ बिकेट लिए । खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रीक गर्न सफल करण सार्कि म्यान अफ द म्याच घोषित भए । यसैबिच सनिवार बिहान ८ बजे हुने पहिलो खेल मा पुरन्धारा क्रीकेट क्लब र आयोजक हेल्पिङ सौल भिड्नेछन् । 

झण्डै एक साता चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईनेछ । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिम ले क्रमशः नगद २५ र १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीहरु लाई पुरस्कृत गरिने आयोजक ले जानकारी दिएको छ ।


SHARE THIS