तीन सय विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग

सिन्धुपाल्चोक, असोज १३ गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लब सिन्धुपाल्चोकले तीन सय विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

किवानिज इन्टरनेसनल चिल्ड्रेन फण्डको सहयोगमा किवानिज क्लब सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका वडा २ कर्थली, वडा ३ खाग्दल, सेतिदेबी पञ्कन्या आधारभूत विद्यालय बाह्रबिसे, भैरबकुण्ड आधारभुत विद्यालय भोटेकोशि गाउँपालिका लार्चा लगायतका तीन सय विद्यार्थीहरुलाई कपि, कलम, ट्याक्सुट, स्कुल ब्याग वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी किवानिजका लिउथिनियन गर्भनर नारायणबहादुर राउतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम हाल सञ्चालन भइरहेकोमा आभार व्यक्त गर्नुभयो । 

कार्यक्रममा किवानिज क्लव सिन्धुपाल्चोकका अध्यक्ष दानोर्बु शेर्पाले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो । उहाँले विपन्न विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरणका लागि विशेष पहल गर्नु भएकोमा किवानिज नेपालका अध्यक्ष सुजन श्रेष्ठ र चिल्ड्रेन फण्डका अध्यक्ष दामोदर ढकाललाई धन्यवाद ज्ञापन गर्नुभयो । 

किवानिज क्लव सिन्धुपाल्चोकका पूर्व अध्यक्ष सुजित बस्नेतले आउने केही दिनमै बाढीपिडीत क्षेत्र जुगल गाउँ पालिकाको लिदिमा ७० जना बालबालिका  र बाह्रबिसे नगरपालिका वडा नम्वर ७ को नागपुजेमा रहेको पीडित बालबालिकालाई पनि यस क्लबबाट सहयोग गर्ने जानकारी दिनुभयो ।

यस्तै, किवानिज क्लव सिन्धुपाल्चोकका उपाध्यक्ष रामचन्द्र थापाले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।








SHARE THIS