सिकेँ सीप बेरोजगारी छ उस्तै ।
बनी बोझ मर्ने तयारी छ उस्तै ।।
नयाँ तन्त्रले देश नौलो कहाँ भो ?
अझैसम्म कालोबजारी छ उस्तै ।।
भरूँला भनी राहदानी लिएथ्यो
अघाएन भोको भकारी छ उस्तै ।।
सयौं रङ्ग फेर्दो छ मान्छे नजाती
युगौंदेखि जाती हजारी छ उस्तै ।।
सधै रात जागै बसेको छु किन्तु
दिवास्वप्न देख्ने बिमारी छ उस्तै ।।
प्रकाशित मितीः२०७७ भदौ १८ ।