दाङमा भोलि देखि २८ गतेसम्म लकडाउन खुकुलो

खाद्यान्न पसल पनि पूर्ण रुपमा बन्द गर्नुहोस : दाङ प्रशासन - Tulsipur Online
दाङ, भदौ २१ । दाङमा लकडाउन पहिलेको भन्दा केहि खुकुलो हुने भएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा  भोलिदेखि २८ गतेसम्म लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले भोलि देखि भदौ २८ गतेसम्म दैनिक बिहानको समयमा ६ घण्टा बजार तथा छोेटोदुरीका सवारी साधन संचालन गर्न दिने निर्णय गरेको संकट व्यस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
भदौ २२ गतदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ला रहने ,छोटो दुरका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु गरेको बजार खुल्ने समयमा मात्रै संचालन गर्न दिने निर्णय भएको रिजालले बताउनुभयो ।

जिल्लामा अझै एक साता बिहान ६ बजेदेखि १२ बजेसम्म बाहेक अन्यसमयमा अन्त्यावश्यक बाहेक ठप्प हुने भएको छ । यसअघि संक्रमण रोकथामका लागि भदौ १४ गते राती १२ देखि आज राती १२ बजेसम्म पुर्ण लकडाउन गरिएको थियो ।

SHARE THIS