राप्ती नदीको किनारमा महिलाको शव फेला

No description available.
शिवु खनाल,
दाङ , १७ भदौ । देउखुरीको राप्ती नदीमा एक महिलाको वेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ को राप्ती नदी कटाहाघाटमा ४५ बर्षिय एक महिलाको शव फेला परेको हो ।बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयले नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शबको पहिचान हुन नसकेको र थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भालुवाङ्का प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिए । शवको अहिले सम्म सनाखत हुन नसकेको राप्ती गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिनुभयो । शबलाई पोष्टमार्टमको अस्पतालमा राखिएको छ ।

SHARE THIS