देउखुरीमा बन अतिक्रमण गरेर बनाएका टहरा हटाईयो



प्रिया स्मृति गजमेर,लमही, असोज ५  । दाङको राप्ती गाउँपालिका वडा नं. ४ स्थित शान्ति सामुदायिक बन अतिक्रमण गरेर बनाईएका टहरा हटाईएको छ ।

सोमबार उक्त जग्गामा दुई सय जनाले अतिक्रमण गरि बनाएका टहरा हटाईएको बन अधिकृत लालबाबु यादवले बताए । उनका अनुसार सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरि २५ वटा प्लटमा निर्माण गरेका टहरालाई डिभिजन वन कार्यालय देउखुरी र सब डिभिजन वन कार्यालय राप्तीको टोलीले भत्काएको हो ।

अतिक्रमण गर्नेहरु दाङको कालाकाटे र रोल्पाका बिभिन्न स्थानबाट आएका व्यक्तिहरु रहेको उनको भनाई छ । साथै सामुदायिक वन क्षेत्रमा अटेरी गरेर घर टहरा बनाएको पाईए वन एन अन्तर्गत कानुनी कारबाही गरिने समेत यादवले बताए ।


SHARE THIS