तुलसीपुरमा कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते

दाङमा बस दुर्घटनाः २१ घाइते
दाङ,भदौ १८ । तुलसीपुरमा कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।
बिहीबार विहान सवा ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ लक्ष्मीनारायण मन्दिर स्थित राप्ती बबई क्याम्पसबाट गुम्राहचोक तर्फ आउदै गरेको रा ५ प ५२३३ नं।को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ग ३ च १४७६ नम्बरको कारले ठक्कर दिदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निवासी २५ बर्षीय मोहन पाठक र मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नंं।६ गाइडहर निवासी ४२ बर्षीया मीना पाठक रहेको प्रहरीले बताएको छ ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । साथै कार र मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

SHARE THIS