आज दाङमा ७ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि – Rajmarg Online

दाङ, भदौ १९ । दाङमा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार दाङमा ७ जनामा कोरोना पुष्टि भएको हो ।

अन्य विवरण भने मन्त्रालयले खुलाउने गरेको छैन । यस्तै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज प्रदेश ५ का ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

जस अनुसार कपिलवस्तुमा ७, गुल्मीमा २, पाल्पामा ६, बर्दियामा ४, बाँकेमा ४८, रुकुम पूर्वमा १ र रुपन्देहीमा ४४ जना रहेका छन् ।

SHARE THIS