नेकपा सचिवालय बैठक सकियो



काठमाडौं,असोज ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको ६८औं बैठक सम्पन्‍न भएको छ । 

आज संवैधानिक निकायहरूको पूर्णताका लागि नेताहरूले आ-आफ्ना महत्त्वपूर्ण सुझाव दिएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय भएको छ ।

दुई दिनअघि बैठकमा मन्त्रिपरिषदको पुनर्गठन गर्ने सम्बन्धमा बैठकमा आ-आफ्ना सुझावहरू दिइएको थियो । 

बैठकमा दुवै अध्यक्ष ओली र दाहाल पूरै समय बसेको पनि प्रचार विभागका उपप्रमुख थापाले जनाए । 


SHARE THIS