सभापति घर्तीद्वारा स्वास्थ्य सामाग्री सहयोग


दाङ, भदौ ३ । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक के एल पीडितले संचालन गरेको संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण अभियानलाई संघीय संसद शिक्षा तथा स्वास्थ समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । 

अभियानका संयोजक पीडितका अनुसार सभापति घर्तीले सर्जिकल मास्क २ हजार थान, मास्क १ सय थान, सेनिटाइजर (५०० मिली) १५ बोतल र पन्जा १ सय थान सहयोग गर्नुभएको हो ।

कोरोना कहरका बीच पनि अविचलित सूचना प्रवाह गरिरहेका संचारकर्मीहरुलाई सुरक्षित बनाउन र उनीहरुको मनोबल उच्च बनाउन संचारकर्मी एवं चलचित्रकर्मी पीडितले भाद्र २५ गतेदेखि यो अभियान शुरु गर्नुभएको हो । शुरुमस करीब १० हजारको स्वास्थ्य सामाग्री खरिद गरी उहाँले यो अभियान शुरु गर्नुभएको थियो । पछिल्लो समय भने विभिन्न व्यक्ति तथा संस्थाहरुले यो अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिरहेका छन् ।


SHARE THIS