दाङमा कोरोना संक्रमितको संख्या ८ सय नजिक

Free 19 Vectors, 5,000+ Images in AI, EPS format
दाङ, भदौ १८ । दाङमा कोरोना संक्रमितको संख्या ८ सय जनिक पुगेको छ । हिजो बुधबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९५ पुगेको छ । हिजो जिल्लाको घोराही उपमहानगरपालिकाका ३ जना र गढवा गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले भने ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको थियो

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार संक्रमित हुनेमा घोराही १० का ४५ र २० वर्षीय पुरुष रहेका छन् भने सोही वडाकै २४ वर्षीया महिलामा कोरोना देखिएको छ । यस्तै, जिल्लाको गढवा गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ७९५ जना मध्ये ७०३ जना उपचारपछि निको भई डिस्चार्ज भइसकेका छन् । अहिले ९० जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका फोलक पर्सन कमल चन्दले बताउनुभएको छ।

क्ष्mबनभ mबथ अयलतबष्लस् तभहत तजबत कबथक ूपालिका कोरोना संक्रमित ९कोभीड १९० विरामीहरुको पालिका अनुसारको विवरण स्वास्थ्य कार्यालय दाड अध्यावधीक गरिएको २०७७।५।१७ गते साँझ ६।०० वजे जम्मा विरामी डिस्चार्ज भएका संख्या विरामि संख्या ३२ ३२ सक्रिय संक्रमित मृत्यु ववड दंगीशरणा शान्तीनगर तुलसीपुर आज थपिएका नयाँ कैफियत ३५ २३ १०१ १२ ७८ २३ घोराहि वंगलाचुली ३१९ २६९ १६० ४८ १९ वाहिनिका मध्य जना मात्र रिपोटिड १६० लमही ३५ ३ ३४ राप्ती दिल्लिमा मृत्यु ३८ ३३ ४६ १९नं। वाहिनिका मध्य मात्र रिपोटिड ४५ गढवा राजपुर ठेगाना नखुलेको जम्मा २० २० ४ ७९५ ७०३ू

यसैबीच, जिल्लाका १० वटा पालिकामा सक्रिय संक्रमित संख्या ९० रहेकोमा सबैभन्दा धेरै घोराहीमा रहेका छन् । शान्तिनगर गाउँपालिकामा १२ जना, तुलसीपुर उपमहानगरमा २३ जना, घोराही उपमहानगरपालिकामा ४८ जना, लमही नगरपालिकामा १ जना, राप्ती गाउँपालिकामा ५ जना, गढवा गाउँपालिकामा १ जना गरी ९० जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमतिहरु मध्ये कोरोना विशेष अस्पताल बेलझुण्डीमा ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । यस्तै, घोराही १० अम्रै आइसोलेसन वार्डमा ३ जना, कोरोना विशेष आइसोलेसन सेन्टर मौरीघाटमा ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, दाङमा भन्दा बाहिरका आइसोलेसनमा जटिल खालका १० जना कोरोना संक्रमित उपचाररत छन् । यस्तै, घोराही उपमहानगरलगायत केही पालिकाका ४३ जना कोरोना संक्रमण पुष्टि भएका होम आइसोलेसनमा रहेका छन् ।


यसैबीच, जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएपछि स्वाब संकलन गर्ने काम जारी छ । शुरुवाती चरणबाट हालसम्म दाङमा १४ हजार ४ सय २० जनाको स्वाब संकलन गरिएको छ । जिल्लामा कोरोनाका संकट थप गहिरिन नदिन पूर्णकालीन निषेधाज्ञा लगाएर कोरोना परिक्षणको दायरा बढाउने भनिएकोमा अहिले विभिन्न पालिकामा स्वाब संकलन भइरहेको छ ।

बुधबार जिल्लाको घोराही उपमहानगरबाट ३८ जना र लमहीबाट २० जनाको स्वाब संकलन गरिएको छ । अधिकांश व्यक्ति होम क्वारेन्टाइनमा बसेका बेला जिल्लाभर ११ वटा मात्रै क्वारेन्टाइन संचालन रहेको छ ।

SHARE THIS