ब्रोइलरका चल्लामा रङ लगाएर लोकल भन्दै बिक्री, चारजना पक्राउ



काठमाडौं,असोज १३ । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ लगाएर लोकल भन्दै महँगोमा बिक्री गर्ने गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सेतो चल्लालाई कालो, रातो रङ लगाउँदै गर्दा काठमाडौं कलंकीबाट चारजनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । कालीमाटीका डीएसपी अपिलराज बोहराका अनुसार ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै महँगोमा बिक्री गरेको पाइएको हो ।

प्रहरीले रङ लगाउन तयारी अवस्थामा राखेका २८ हजार बढी चल्लासमेत बरामद गरेको छ । प्रहरीका अनुसार ब्रोइलरभन्दा लोकल वा गिरिराज नामको चल्ला महँगोमा बिक्री हुने भएकाले फाइदाका लागि गलत काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले सस्तोमा गरिद गरी ल्याएको चल्लालाई लोकल, गिरिराज, कोइलरलगायतको नाम दिँदै दुई सय रुपैयाँसम्ममा  बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।  


SHARE THIS