
दाङ, भदौ १८ । दाङमा जुवा खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ पननपुरबाट ६३ हजार ८४० रुपैयाँसहित गएराती ८ बजेको समयमा १३ जना पक्राउ परेका हुन । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले पननपुर स्थित निम बहादुर के।सी।को घरमा जुवा खेलिरहेको समयमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १४ का वर्ष ३५ का मधुकर बस्नेत, सोही ठाउँका वर्ष ३७ का माधव विक,
वर्ष ३० का दिपक वादी, वर्ष ३८ का राजाराम विक, वर्ष ३० का निर्मल केसी रहेका छन् । त्यसैगरी वडा नम्बर ९ का वर्ष ३१ का चुडामणी खत्री, वर्ष ३३ का भागवत डाँगी, वर्ष ४८ का बाबुराम नेपाली, वर्ष ६५ का निम बहादुर केसी, वर्ष १६ का विकेश परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेकाको साथबाट बरामद गरिएको पैसा र तास
उहाँका अनुसार अन्य पक्राउ पर्नेमा वडा नम्बर १० का वर्ष २२ का दिपक डाँगी, १५ का वर्ष ३५ का प्रधुन धिताल र घोराही उपमहानगरपालिका वडा नं। ९ का वर्ष २९ का बसन्त बुढाथोकी रहेका छन् । पक्राउ परेकाको साथबाट ६३ हजार ८४० रुपैयाँसहित जुवा खेल्न प्रयोग भएको १ गड्डी र नखोलेको ५ गड्डी तास पनि बरामद गरेको सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने पैसाको बाजि थापी खेलिने जुवाले धनको मात्र होईन परिवार समेतमा क्षति पुर्याउने भन्दै कुनै पनि प्रकारका जुवा नखेल्न नखेलाउन जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरहेको छ ।