खोलाले बगाएर महिलाको मृत्यु


विराटनगर, असोज १२ । उदयपुर रौतामाई २ मा बस्‍ने ५५ वर्षीया मैया लुङगेली मगरलाई खोलाले बगाएको छ । गएराति ८ बजेतिर माइती घरबाट फर्कने क्रममा सोही स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई बगाएको थियो ।

झन्डै दुई सय मिटरसम्म खोलाले बगाएपछि झाडीमा अड्‌किएको अवस्थामा मैयाको शव फेला परेको भनी स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले उनको शव निकालेको थियो । 

यस्तै ओखलढुंगा मोलुङ ७ का ७१ वर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको छ । घरको भर्‍याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


SHARE THIS