भेरी अस्पतालमा गरिएको परिक्षणमा ३३ जनामा कोरोना पुष्टि

भेरी अस्पतालको परिक्षणमा रोल्पाका १४ सहित २७ जनामा कोरोना पुष्टि

बाँके, भदौ २३ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणमा विभिन्न जिल्लाका ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले जारी गरेको सूचना अनुसार कोरोना पुष्टि हुनेमा बाँके र बर्दियाका १४ १४ जना रहेका छन् ।

यस्तै सुनसरीका दुई जना छन् भने सिराहा, मोरङ र नवलपरासीका एक एक जना रहेका छन् । वितेको २४ घण्टामा भेरी अस्पतालमा ३५० जनाको पिसीआर विधिबाट परिक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि अस्पतालले जनाएको छ ।

SHARE THIS