चितवनका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १२ जनामा कोरोना पुष्टि – Online Khabar

राजेश घिमिरे
दाङ, भदौ १९ । चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरू २३ देखि ८० वर्षसम्मका छन्।

भरतपुर महानगरपालिका भित्रका ६ महिला र ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन्।

भरतपुर अस्पतालको स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेजबाट उनीहरूको स्वाब लिइएको हो।

खैरहनी नगरपालिकाका २ महिला र १ पुरुष छन्। उनीहरू क्वारेन्टिनमा छन्।

भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट स्वाब लिइएका रौतहटका ३३ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।

३०९ जनाको स्वबको नमुना परीक्षण गर्दा २ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

चितवनमा कोरोना संक्रमितको संख्या ८ सय ७९ पुगेको छ।

SHARE THIS