राष्ट्रिय जनमोर्चा दाङको घोराही १६ मा वडा समिति गठन

No description available.

सन्तोषकुमार गुप्ता, 
दाङ, भदौ २०। राष्ट्रिय जनमोर्चा दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा समिती गठन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष पहल र उपस्थितिमा वडा समिती गठन गरिएको हो ।             

लेखराज राईको अध्यक्षतामा गठित वडा समितिको  उपाध्यक्षमा नारायण पन्थी, सचिबमा दोर्णबहादुर चौधरी, सहसचिबमा जोरप्रसाद बुढा, कोषाध्यक्षमा धनिधर चौधरी रहेका छन् । त्यस्तै गठित समितिको सदस्यहरुमा जीवन राई, शान्ती चौधरी, झनकुमार राई, रामकुमार चौधरी, ललुमाया राई, राजन पौडेल, रजिनकुमार राई, राजकुमार चौधरी रहेका छन् ।

लकडाउनको अबस्था र कोरोना भाइरसको सन्त्रास भैरहेको बेलामा भौतिक दुरी र स्वास्थ्य मापदण्ड अपनाउदै समिती गठन गरिएको जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।

SHARE THIS