गायक तथा सर्जक भरत परियार र पुर्णिमा परियारको स्वरमा "दशा" सार्वजनिक



रोम थापा/दाङ,असोज ७ । 

नेपाल एउटा विकास उन्मुख देश हो हो । यहाँ आफुले भनेको खोजेको जस्तो काम नपाउदा लाखौँ नेपालीहरु विदेशिन बाध्य छन । सबैको चाहाना हुन्छ आफ्नो परिवारलाई खुसी पार्ने । त्यही सपना बोकेर विदेशीयका लाखौँ नेपालीहरुको अवस्था भोग्नु परेको पिडा, त्यहाँको दयनीय अवस्थालाई यथार्त चित्रण गरिएको गीत बजारमा आएको छ । गायक तथा सर्जक भरत परियार र पुर्णिमा परियारको स्वरमा रहेको दशा गीत सार्वजनिक भएको हो । भतर परियारको लय तथा शब्दमा रहेको गीतमा वास्तबिक जीवनमा प्रदेशी नेपालीले भोगेको पिडादायी अवस्थालाई गीतको माध्यमबाट प्रस्तुत गरिएको छ । गायक तथा सर्जक भरत परियारले प्राय जसो नेपाली समाजलाई चित्रण गर्दै गीत संगीतबाट चित्रण गरेका हुन्छन । यस गीतको निर्देशन भने मान बहादुर पुनले गरेका हुन । भने मिलन लामा, मिया पन्त, सिद्धान्त लामा, कविता लामा र अमर सिलवालको अभिनय रहेको छ । 

भिडियो हेर्नुहोस:

https://www.youtube.com/watch?v=JCJggFFvjLI


SHARE THIS