सुनको भाउ आज स्थिर



दाङ,असोज ४ । सुनको भाउ आज घटबढ भएको छैन ।

सुनको भाउ आज पनि तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको थियो । सुनको भाउ स्थिर रहे पनि चाँदीको भाउ भने आज घटेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय १५ रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी तोलाको एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


SHARE THIS