कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु



काठमाडौं,असोज ४ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

कोरोना संक्रमणबाट शनिबार देशभर ११ जनाको मृत्यु भएको थियो ।


हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।


SHARE THIS