लकडाउन र निषेधाज्ञामा सरकारले अध्ययन गरेन : कांग्रेस

लकडाउन र निषेधाज्ञामा सरकारले अध्ययन गरेन : कांग्रेस
काठमाडौं,भदौ १८ । नेपाली कांग्रेसको कोभिड(१९ अनुगमन समितिले सरकार अध्ययनै नगरेर लकडाउन र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय गरिरहेको आरोप लगाएको छ ।

अनुगमन समितिले बिहीबार प्रेस नोट जारी गर्दै सरकार अध्ययन नै नगरेर लकडाउन र निषेधाज्ञा जारी गर्ने र हटाउने निर्णय गरिरहेको आरोप लगाएको हो । अनुगमन समितिका संयोजक तथा पार्टीका सह(महामन्त्री प्रकाशशरण महतद्वारा जारी प्रेस नोटमा भनिएको छ, “उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ । देशको विभिन्न भागमा पनि निषेधाज्ञा लागु गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् ।”

निषेधाज्ञा लगाउनेरनलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको  अनुगमन समितिको ठहर छ ।

अनुगमन समितिले केही दिनअगाडि १३ बुँदे ध्यानाकर्षणसहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक(सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो ।

“तर, सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी देखिएन । हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्दछौं,” प्रेस नोटमा उल्लेख छ । 

समितिले कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ ।

सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नदेखिएको भन्दै समितिले आपत्तिसमेत जनाएको छ ।

SHARE THIS