बंगलाचुली गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरु आईतबार देखि संचालनमा

 


दाङ, असोज ४ । दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आजदेखि पठन (पाठन सुरु भएको हो ।


गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको जनाइएको छ । गाउँपालिकामा शिशु देखि कक्षा पाँच सम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा कुल ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् ।


नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थि सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वालीले बताउनुभयो । लामो समयसम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनुभयो ।


SHARE THIS