कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु


दाङ,असोज १४ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मंगलबार कोरोना संक्रमणबाट १० जना  र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । 


आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।


हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।  



SHARE THIS