सार्वजनिक गुठी प्राविधिक शिक्षालयको पनि सरकारी शिक्षालयसरह शुल्क निर्धारण

सार्वजनिक गुठी प्राविधिक शिक्षालयको पनि सरकारी  शिक्षालयसरह शुल्क निर्धारण


दाङ, भदौ १ । प्राविधिक शिक्षा तथा व्यवसायक तालिम परिषद् बाट मान्यता प्राप्त मदन भण्डारी प्राविधिक शिक्षालय घोराही, दाङले शैक्षिक बर्ष २०७७ मा प्रथम वर्षका लागि डिप्लोमा कृषि (बाली विज्ञान) र डिप्लोमा सिभिल ओभरसियरको लागि भर्ना खुल्ला

दाङ । प्राविधिक शिक्षा तथा व्यवसायक तालिम परिषद् बाट मान्यता प्राप्त मदन भण्डारी प्राविधिक शिक्षालय घोराही, दाङले शैक्षिक बर्ष २०७७ मा प्रथम वर्षका लागि डिप्लोमा कृषि (बाली विज्ञान) र डिप्लोमा सिभिल ओभरसियरको लागि भर्ना खुल्ला गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७, गुलरिया दाङमा अवस्थित कलेजको स्थापना वि.सं.२०७० साल भदौ महिनामा स्थापना भएको हो । मदन भण्डारी प्राविधिक शिक्षालय शैक्षिक सार्वजनिक गुठी हो जुन वि.सं.२०७० सालबाट कृषि बाली विज्ञान तथा यही सालबाट सिभिल ओभरसियर विषय पनि पढाई हुन सुरु भएको कलेजका अध्यक्ष तथा फाउण्डर शिवकुमार आचार्यले बताउनुभएको छ ।

कलेजा पढाई हुने आधारमा दोस्रो स्थानमा पर्दछ । डिप्लोमा कृषि (वाली विज्ञान) र डिप्लोमा सिभिल ओभरसियर दुवै कोर्ष पुरा गर्नका लागि तीन वर्षको कुल खर्च सामुदायिक विद्यालय बमोजिम २ लाख मात्र शुल्क निर्धारण गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

कृषि बाली विज्ञानको लागि न्यूनतम योग्यता अङ्ग्रेजी, गणित र विज्ञान विषयमध्ये दुईमा सी। ग्रेट र एक विषयमा डी। प्लस भए हुने तथा सिभिल ओभरसियरको लागि गणित र विज्ञान विषयको न्यूनतम सी. ग्रेट र अङ्ग्रेजी विषयको लागि डी। प्लस भए हुने कलेजका अध्यक्ष आचार्यले बताउनुभएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले एस.एल.सी. प्रमाणपत्र वा एसईईको ग्रेट सीट, नागरिकता वा जन्मदर्ताको फोटोकपी र दुईवटा रङ्गीन फोटो २०७७ असोज १५ गतेसम्म कलेज समयभित्र बुझाउन अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ । फारम कलेजबाट नै प्राप्त हुने समेत उहाँले बताउनुभएको छ ।


SHARE THIS