वडामा कोरोना पोजेटिभ देखिएपछि टोल विकास सस्थाले गर्यो कडाई

आज थप १३ जना कोरोना, ४ सय १५ पुग्यो संख्या,
घोराही,भदौ २१ । 
कोरोना भाइरस समुदाय स्तरमा फैलिन थालेपछि घोराही उपमहानगरपालिका वडा नंं.६ मा रहेका चैनपुर टोल विकास सस्थाका अध्यक्ष गणेश बहादुर ओली र विन्देवासीनी टोल विकास सस्थाका अध्यक्ष होम बहादुर ओलीको अध्यक्षतामा संयुक्त बैठक बसेको छ ।

वडाका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि उक्त बैठकले एक घर देखि अर्काे घरमा आवत जावत नगर्न, अनावश्य रुपमा बाहिर ननिश्कन,सामाजिक दुरी कायम राख्न,जमघट नहुन जस्ता क्रियाकलाप नगर्नका लागी वडा बासिलाई अनु्रोध गरेका छन  । यदि कोहि कसैले नियम उलङ्घण गरेको पाइएमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई कडा भन्दा कडा कार्वबाहि गरिने समेत निर्णय गरेको चैनपुर टोल विकास सस्थाका सल्लाहकार बेदुराम भण्डारीले जानकारी दिनुभयो ।


SHARE THIS