मालपोत कार्यालय घोराहीका एक कर्मचारीमा कोरोना संक्रमण



दाङ,भदौ ३१ । मालपोत कार्यालय घोराहीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोराहीमा गरिएको स्वाब परिक्षणमा मालपोत कार्यालयका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको हो ।


उपचारका लागि भैरहवा जानका लागि कारोना परिक्षणको रिर्पोट लैजानुपर्ने भएपछि जाँच गराउँदा ति कर्मचारीमा कोरोना संक्रमण देखिएको मालपोत कार्यालयले जनाएको छ ।


संक्रमित कर्मचारी घरकै आइसोलेसनमा बसेको कार्यालय प्रमुख विनोदकुमार पौडेलले जानकारी दिनुभयो । संक्रमितको क्लोज कन्ट्याकमा रहेका कर्मचारी र परिवारको कोरोनाको लक्षण देखिएपछिमात्रै स्वाब संकलन गरी परिक्षण गरिने उहाँले जानकारी दिनुभयो ।


SHARE THIS