मिनी बसको ठक्करबाट कांग्रेस सांसद घाइते


काठमाडौं, असोज १२ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्‍नेही’ दुर्घटनामा परी घाइते भएका छन् ।

काठमाडौंको टेकुमा सोमबार बिहान बा.२ख ९८१० को मिनी बसको ठक्करबाट सांसद रसाइली घाइते भएका हुन् ।

बा.६५प ५६७३ स्कुटरमा त्रिपुरेश्वरतर्फ आउने क्रममा बसले उनलाई ठक्कर दिएको हो । घाइते रसाइलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । खुट्टा र कुमनजिक चोट लागेका सांसद रसाइलीको अवस्था सामान्य रहेको बताइएको छ ।


SHARE THIS