२४ घण्टामा विश्वमा ३ लाख ४ हजारमा कोरोना



दाङ, भदौ ५ । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्ला दुई दिनका तुलनामा केही कम हो । 

आइतबार ३ लाख १२ हजार ४३ र शनिबार ३ लाख १५ हजार ९१९ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको थ्यांकमा उल्लेख छ । 

विश्वमा हालसम्म ९ लाख ५४ हजार ४१७ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ६२० संक्रमितको मृत्यु भएको छ । 

संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको तथ्यांकमा उल्लेख छ ।



SHARE THIS