पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु



दाङ,असोज ११ । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।शनिबार देशभर कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।  


SHARE THIS