देउखुरीको गढवामा खरको छानो हटाउने अभियान सुरु, जस्तापाता पाउँदा नागरिकहरु खुसी

No description available.

सन्तोषकुमार गुप्ता, शिबराज पन्थी
देउखुरी २० भदौ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० बर्षीय चन्द्रे कुमाल शुक्रवार अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सुचनाका आधारमा वडा कार्यालयमा आईपुगे । अशक्त तथा अपांगता भएका उनलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष बाबुराम अधिकारीले २० पाता टिन दिए । त्यस्तै गढवा १ कालाकाटेकी बालिका घर्तीमगर र सोही ठाउँकी केशरी गिरीलाई पनि सरकारले टिन दिन्छ रे भन्ने सुचना वडा कार्यालयबाट प्राप्त भएपछि खुसी हुँदै वडा कार्यालयमा पुगे । उनीहरु जस्तै रङसिङका अति बिपन्न नागरिकहरु ज्ञानबहादुर कुमाल र लालबहादुर कुमाल पनि टिन ल्याउन भनि वडा कार्यालयमा आए ।

खरको झुप्रोमा बस्दा बस्दै ५१ बर्ष पुगिएछ, अब टिनको घरमा बस्न पाइने भयो । खुसी हुदै ज्ञानबहादुर कुमालले २० वटा जस्तापाता बोकेर घर फर्किए । खरको छानामा आगोमुगोको डर थियो । बर्षतामा बिस्तरामा पानी चुहिएर खटिया सार्दै सुत्नुपर्ने बाध्यता थियो । अब टल्किने टिनमुनी सुत्न पाइने भईयो–गढवा(१ रङसिङका लालबहादुर कुमालले भने । उनीहरु जस्तै बिपन्न, अशक्त र खरका छाना भएका गढवा १ का ५१ जना नागरिकहरुले जस्तापाता पाउँदा शुक्रवार मुहारमा हाँसो संगै काँधमा टिन बोकेर घर फर्किए । सरकारको जस्तापाता वितरण गरी खरका छाना हटाउने यो कार्यक्रमबाट नागरिक निकै खुसी भएका छन् ।

गढवा गाउँपालिका वडा नं। १ ले गत अर्थिकबर्ष २०७६र०७७ को १० लाख बजेटबाट ५१ जना नागरिकहरुलाई शुक्रवार वडा कार्यालयमा बोलाई सामाजिक दुरी कायम गरी एक(एक जनालाई बीस–बीस पाताका दरले जस्तापाता वितरण गरेको हो । वडा नं. १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जस्तापाता हस्तान्तरण गरेका हुन् ।
No description available.
खरको छानो हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको निति कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको अध्यक्ष सहजराम यादवले बताए । गत बर्ष वडा नं। ८ कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ भने यस बर्ष वडा नं। १ मा ५१ जनालाई जस्तापाता वितरण गरिएको अध्यक्ष यादवले बताए । यसबर्ष सुरक्षित आवास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका ३ सय ८९ घरधुरीमा जस्तापाता लगाउने तयारी भैरहेको उनले बताए । वडा नम्बर १ का अधिकांश नागरिकलाई खरका छानामुक्त बनाउने योजना छ, सोही अनुसार जस्तापाता वितरण गर्ने कामको सुरुवात गरेका छौं–वडाध्यक्ष बाबुराम अधिकारीले बताए । जस्तापाता वितरणमा जिल्ला समन्वय समितिका सदस्य देवीलाल थारुकुमाल, कार्यपालिका सदस्य सुबबहादुर कुमाल, वडा सदस्यहरु डम्मर बहादुर योगी, हेमन्तीकुमारी कुमाल, रेखा परियार र सामाजिक सुरक्षा फाँटका कर्मचारी ऋषि यादव लगायतको उपस्थिती रहेको थियो ।
No description available.
गढवा गाउँपालिकाको वडा नं। ८ कोइलाबासमा गत बर्ष २० पाताका दरले ६५ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियो  भने यसबर्ष पनि यो अभियानलाई निरन्तरता दिदै ३५ घरधुरीलाई जस्तापाता वितरण गरी आफ्नो वडालाई खरको छाना मुक्त वडा बनाउने योजना रहेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताएका छन् ।

संघीय सरकारको सुरक्षित आवास, प्रदेश सरकारको जनता आवास र गाउँपालिकाको आफ्नो अभियान सबैलाई जोड्दै गढवा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका बनाइने छ–गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।

SHARE THIS