भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८६ हजार

 

दाङ,भदौ ५ । भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार  भारतमा कोरोनाले ८६ हजार ७५२ संक्रमितको मृत्यु भइसकेको छ । 

भारतमा हालसम्म ५४ लाख ६१९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ९२ हजार ६०५ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार १३३ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।


SHARE THIS