पाँच महिनामा ८ हजार ८ सय कार्वाहीमा



दाङ, असोज १२ / दाङमा बैशाखदेखि अहिलेसम्म ८ हजार ८ सय बढी गाडी चालक कार्वाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बैशाख देखी भदौ मसान्त सम्म ८ हजार ८ सय ६३ जना चालक ट्राफिक नियम उल्लंघन गरेकै कारण जरिवानामा परेका छन् ।

बैशाख र जेठमा लकडाउनका कारण गाडीहरु चलेका थिएनन् भने त्यसपछि धेरै चालकहरु नियम नमान्दा जरिवानामा परेका हुन् । वितेको ५ महिनामा चालक कार्बाहीबाट ५६ लाख ३६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

तिब्र गतिमा कुदाँउने, क्षमता भन्दा धेरै समान र यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, आबस्यक कागजपत्रहरु नबोक्ने चालकहरु कार्वाहीमा परेका छन् ।



SHARE THIS