गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा मञ्चद्धारा निलसागरमा खाद्यन्न सहयोग



सन्तोषकुमार गुप्ता, भालुवाङ २ असोज । 

गणेशमान सिंहको २३ औँ स्मृती दिवसका अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिको निलसागर सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रवार मञ्चका अध्यक्ष आशिष पौडेलको अगुवाईमा गएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा अवस्थित आश्रममा रहेका बुवाआमा तथा बेसाहाराहरुलाई केहि राहत होस भन्नका लागि १ क्वइन्टल चामल, ५ केजी दाल, ५ लिटर खाने तेल, ५ केजी सोयाविन, १२ पिस साबुन र १०० थान मास्क प्रदान गरेको छ । 

विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र केहि समय अघिको लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऐतिहासिक महाअभियानमा सेवाश्रमका लागि मञ्चले खाद्यन्न सहयोग गरेको हो । आश्रममा खाद्यन्न सहयोग गरेकोमा आश्रममा अध्यक्ष प्रकाश विष्टले धन्यवाद दिनुका साथै आगामी दिनमा पनि सहयोगका लागि अनुरोध समेत गरेका छन् ।

 सो अवसरमा क्षेत्र नम्बर १ का सदस्यहरु सुरेश घिमिरे, शिशिर पुन, गणेशमान चौधरी, कार्यसमितिका सचिव बालाराम कुमाल र सदस्यहरु हरिहर ज्ञवाली, दिपक सुवेदी, चन्द्रमणी ज्ञवाली, दानबहादुर चौधरी, धर्मप्रसाद उप्रेती,पवन चौधरी लगायतको सहभागिता रहेको मञ्चका प्रवक्ता बलराम शाही(भिसुन)ले जानकारी दिएका छन् ।





SHARE THIS